२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

राजीनामाबारे परामर्श गर्दै प्रचण्ड, पार्टी पदाधिकारीलाई बालुवाटारमै बोलाए


१८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने वा संसदमा विश्वासको मत माग्ने भन्नेबारेमा पार्टीका नेताहरूसँग परामर्श गर्ने भएका छन । उनले त्यसका लागि पार्टीका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएका छन । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समिकरणको नयाँ सहमति गरेपछि प्रचण्डले राजीनामाबारे परामर्श लिन लागेका हुन । बिहान ९ बजेका लागि माओवादी नेताहरूलाई बालुवाटारमा बोलाइएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०८:५२