१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

प्रा डा युवराज संग्राैलाको प्रधानमन्त्रीलार्इ पत्र, ‘एकनाथहरु तपाइँहरुलाई असफल पार्न उद्दत छ्न’

२३ मंसिर, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता समेत रहेका कानुनका जानकार प्रा डा युवराज संग्राैलाले केही जनताहरूको सुझावलार्इ समेटेर प्रधानमन्त्री केपी शर्मा अोलीलालार्इ पत्र लेखेका छन । प्रा डा संग्राैलाले पत्रमा प्रधानमन्त्रीलार्इ कसरी असफल पार्ने प्रयास भैरहेको छ भन्ने कुरालार्इ मसिनो ढंगले विश्लेषण गरेका छन । पत्रमा उनले एकनाथ ढकालजस्ता मानिसहरू प्रधानमन्त्रीलार्इ असफल पार्न उद्धत रहेको कुरा समेत उल्लेख गरिएको छ ।

यस्तो छ पत्र

सम्मानिय प्रधानमन्त्री ज्यु
दश दिनदेखि गाउँतिर बिद्यार्थीसङ्ग अध्यनअध्यापनका क्रममा जनताहरु निराश हुन थालेको पांए।सोझा सिधा जनताले तल लेखेका कुराहरु प्रधानमन्त्रीलाई तपाईंले भनिदिनुहोस भनेका हुँदा, सामजिक सन्जालमा सूत्रबद्ध गरेको हुं।सन्चार क्षेत्रलाई पनि अनुरोध गर्द्छु।
१. जनताको चाहाना बिकास हो। जनता उत्पादनको सीप, असल बीउ, सिचाइको सुबिधा र मलको एथोचित ब्यबस्था चाहान्छन । उनीहरुको आफना स्थानिय प्रतिनिधि माथी भरोसा भएको पांए। तर स्थानीय तहमा कृयासिल सरकारलाई केन्द्रका कर्मचारीले कज्याएको मात्रै होइन उल्लु बनाएको पांए। स्थानिय निकायलाई काम गर्न सक्ने अवस्थाको सिर्जना गरि दिनुहोस।

२. कृषी हाम्रो रास्ट्रीय अर्थतन्त्रको आधार हो। सन १९९४ सम्म हामी अन्न बेच्ने देशमा थियौं। तर २००२मा हामिले आठ अरबको खाद्यान्नआयात गर्यौं। २०१७ मा हामिले एक खरब आठ अरबको खाद्यान्न आयात गरेछौं। गाउघरका जमिन बांझा छन। राम्रा उत्पादनसिल जमिनजति सबै माफियाले प्लटिङ्ग गरिसकेछ्न। बस्तीलाई ब्यबस्तिथ गरि पहाडहरु खाली गरि बाख्रा भेडा र अन्य मासुयोग्य पशुपालनको बिकास गर्न सके अरबौंको आयात प्रतिस्थापन गर्न सकिन्छ भन्छन ग्रामिण जनता। पहिला कृषीमा जनताको उत्पादकत्व बिकास गरौं । बैकबाट ऋण लैजाउ भनेर देश बिकास हुँदैन। सरकारले पहिला बजार बिकास गर्नु पर्छ। उत्पादनलाई बजार पुर्याउन सजिलो र भरोसायुक्त सडक सन्जाल निर्माण गर्नु पर्छ। पाहाड मा डोजरले खोतलेर सक्न लागे। यो पैसा ठुल्ठुला सडक निर्माणमा लगाउं। एक पटक निर्माणको महौल तयार भएपछि नाजायज बिरोध गर्नेहरु दुलामा पस्नेछ्न।

३. समाजबादी ब्यबस्थाले नवउदारवाद बोक्न सक्तैन। जनताको बिकासमा चीनले सबैभन्दा पहिला बिबाह कानुनको सुधार गर्यो।पतिपत्नी दुबैलाई समान ब्यक्ति बनायो लोग्ने मानिस र स्वास्नि मानिस होइन। मजबुत परिवार मात्र समाजको भरपर्दो इकाइ हो। परिबार दर्हो भएन भने समाज रोगी हुन्छ। अहिलेको नेपाली समाज रोगी छ। कुरौटे र निरासाबादी छ। तेस्मापनि पस्चिमी हावा भरेर हाम्रा परिवारहरु एन जि ओ ले भत्काइसके । चिनले गरेको दोस्रो सुधार थियो जमिनको ब्यबस्थापन। जमिनलाइ उत्पादनसिल नबनाइ रास्ट्रको स्वास्थ राम्रो हुदैन। हामिले त मानिसलाई कुर्कुरे, बियर र रक्सी बेच्ने बनायौं। खेती होइन सडकमा कोक, पेप्सी, रक्सी, बिएर, कुर्कुरे बेच्ने जनताबाट कसरी रास्ट्रलाई उत्पादन्मुखी बनाउन सकिन्छ? चौथो सुधार थियो स्वास्थको । सरकारले खेल्कुदद्वरा नागरिकलाई स्वस्थ बनायो। पाचौं सुधार थियो शिक्षाको । शिक्षा राज्यले आफ्नो जिम्मामा लियो। हाम्रोमा त स्कुल देखीनै बिदेश जान प्रेरित गर्छौं। शिक्षा व्यापार बनेको छ । २०२८ साल देखि नै हाम्रो शिक्षा बिदेशीको नियन्त्रणमा गयो। तेस्पछी हाम्रो शिक्षाको नीति सधैं बिदेशीले बनाउदै आएका छ्न । २०१७ मा ४५ ००० बिद्यार्थी बिदेश गए र उनिहरुले पचास अरबको हाराहारीमा नेपालको धन बिदेश लगे । बिदेशीलाइ नेपालमा ल्याएर शिक्षाको प्रदर्सनी गर्ने र तेहिबाट नेपाली बिद्यार्थी बिदेश पठाउने बेपारीको संख्या सानो छैन । यी सुधार नगरी देश अगाडि बढ्दैन।

४. १० बर्षमा सरकारले ५४ अरबका गाडी किनेछ। गरिबको शिक्षा स्वास्थ र उत्पादकत्व बिकास नगरी देश बिकास हुदैन।
५. प्रधानमन्त्री ज्यु, नेपालका नवउदारबादी अर्थसाश्त्रीका हिसाबिय जादुले देशलाई ठग्नु सम्म ठ्ग्यो। धनीको पैसा कागजमा गरिबलाई बांडेर नेपालमा गरिबी घटेर १८ प्रतिशतमा झर्यो भन्ने कुरा उल्लु कुरा मात्र हो। नेपालमा ८० प्रतिशत मानिस गरिब छ्न । तेसैले निजीकरणको दुहाइले नेपाली जनताको उत्पादकत्व बढ्दैन। सुगुरको पाठो दिएर गरिब धनी हुदैन। गरिबलाई उत्पादनमा लगाउनु पर्छ। उस्लाइ उत्पादनको सीप दिनु पर्छ । उत्पादन गर्ने साधन दिनु पर्छ। बजारको निर्माण गर्नु पर्छ र यातायातको सन्जाल निर्माण गर्नु पर्छ।

५.धन र आम्दानीमा भेदभाव ठूलो छ नेपालमा। माथिका धनी १० प्रतिशतले करिब ५५ प्रतिशत अमदानी एक्लौटी खान्छ्न। प्रधानमन्त्रीज्यु गरिब बांच्न कर तिर्छ। दुई रोपनीमा दुई मुरि कोदो फलाएर दुइ महिना खोले खान्छ र बनी गरेर मालपोत तिर्छ । उस्ले तिरेको करबाट कर्मचारी र नेता गाडी चड्छ्न। चडुन तर गरिबको उत्पादकता त निर्माण गर्नु पर्यो नि। तलका गरिबको खर्च गर्ने क्षमता बर्षमा १८००० मात्र छ । कसरि बांच्छ होला एउटा गरिब मासिक एक हजार पाँच सयमा?

६. हाम्रो संबिधानले लक्ष त समाजवाद हो भन्यो, तर हामी समाजबाद तिर गैरहेका छैनौं। हामी ऐले पनि नवउदारबादको चंगुलमा नै छौं ।

७. प्रान्तीय सरकारलाई संघका कर्मचारीले उल्लु बनाएका छ्न। बिना काम खर्च गर्न प्रान्तिय सरकार बाध्य भएका छ्न।
मेरो हार्दिक अनुरोध छ। नेपाली जनतालाइ अभाव बाट निकाल्नु होस। देशको सम्पुर्ण बौद्धिकतालाइ देशको सेवामा उत्रीने मौका दिनुहोस। बिस्वबैकको मोडेल फेल भैसक्यो। नयाँ मोडेलको खोजी गर्न दिनुहोस । सांगुरो घेरा बाट बृहद घेरा तिर जानुको बिकल्प छैन। अब पनि देश आर्थिक समृद्धिको बाटोमा जान सकेन भने नेपाललाइ बिदेशीले असफल रास्ट्र बनाउने छ्न । एकनाथ जस्ता मानिशहरु तपाइँहरुलाई असफल पार्न उद्दत छ्न । तपाइँहरुको हित चहाने भए त यी पनि बामपंथी भएर काम गरि हाल्थे नि।

यी आम जनताले भनेका कुरा हुन। मैले मिलाएर लेखेको मात्र हो ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार ०८:५१