१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

सिद्धार्थ बैंकको भवनमा आगलागी


१७ असार, वीरगञ्ज । सिद्धार्थ बैंक लिमिटेडमा आगलगी भएको छ । वीरगन्ज महानगरपालिकाको आदर्शनगरस्थित मुख्य सडकमा रहेको बैंकको कार्यालयमा आगलगी भएको हो । वडा प्रहरी कार्यालय विर्ताका इन्सपेक्टर पुष्कर बोगटीले सोमबार साँझ करिब ५ बजेको समयमा बैंकको भवनमा आगलागी भएको र अझै नियन्त्रणमा नआएको  जानकारी दिए । बोगटीले आगो नियन्त्रणका लागि पाँच वटा दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १८:३०