१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

बीआरआई कार्यान्वयन गर्न नसकिने नेपाली कांग्रेसको निर्णय


१७ असार, काठमाडाैँ । नेपाली कांग्रेसले बेल्ड एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । सोमबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले बीआरआई कार्यान्वयन गर्न नसकिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन ।

देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ऋण लिएर बीआरआई कार्यान्वयन गर्न नसकिने प्रष्ट पारेको डा महतले बताए । महतले अनुदान नै कार्यान्वयन गर्न नसकिएका बेला ऋणको आकार थप्न गर्न नसक्ने विषयमा कांग्रेस प्रष्ट भएको बताए । आफैँ परराष्ट्र मन्त्री हुँदा सन् २०१७ मा नेपालको तर्फबाट उनले बीआरआईमा सहभागी हुने भनेर हस्ताक्षर गरेका थिए ।

बैठक पछि महतले भने, ‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । बीआरआईको कार्यन्वयनका सन्दर्भमा ठूलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो । धेरै अनुदान सहयोग समेत कार्यन्वयन नभएको अवस्थामा अनुदान लिने गरेरमात्र यसलाई अघि बढाउनुपर्छ, अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौं भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १७:४९