१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

लोसपाका नेता एवं पूर्वमन्त्री जितेन्द्र देवसहित १५ जना एमाले प्रवेश, ओलीले गरे स्वागत


१७ असार, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट नेता एवं पूर्वमन्त्री जितेन्द्र देव, वरिष्ठ उपाध्यक्ष अकवाल अहमद साहसहित १५ जना नेकपा एमालेमा प्रवेश गरेका छन । सोमबार एमाले पार्टी कार्यालय पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन । देव स्वर्गीय मदन भण्डारी महासचिव हुँद पार्टीको केन्द्रीय सदस्य थिए । एमाले प्रवेश गर्नेमा तीन जना सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेताहरू समेत रहेका छन ।

एमाले मुख्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्नेहरूलाइ खादा र टीकाले स्वागत गरे । देशका निम्ति एमाले भन्दा बाहेकका शक्तिले केही गर्न नसक्ने भन्दै देवले आफूहरूले देशका लागि काम गर्न एमाले प्रवेश गरेको प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १६:०६