घमासान हुने अनुमान गरिएको नेकपाको स्थायी कमिटी बैठक मंसिर २९ मा धुम्बाराहीमा बस्ने
२२ मंसिर, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । यही मंसिर २९ गते बस्नेगरी नेकपाले स्थायी कमिटीको बैठक बोलाएको हो ।
चार शीर्ष नेताको बहिस्कारका बीच बसेको सचिवालय बैठकले २९ गते शनिबार स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए ।
प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार २०:३७












