१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

मन्त्रीको सपथ खाने तयारीमा रहेकी रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्तिको नेताबाट बर्खास्त


१७ असार, काठमाडौँ । मन्त्रीको सपथ खाने तयारीमा रहेकी रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्तिको नेताबाट बर्खास्त भएकी छिन । दलको चार सांसद मध्ये तीन सांसदले रञ्जितालाई दलको नेताबाट बर्खास्त गरेको हो । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्।

चौधरी यसअघि प्रमुख सचेतक रहेका थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय तीन सांसदले गरेका छन । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन्। श्रेष्ठ भने रेशमकै श्रीमिति हुन ।

दैनिकीले गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको माइन्युटनै प्राप्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रञ्जितालाई मन्त्रीको सपथका लागि तयार रहन भनेर आश्वासन दिएको करिब एक महिना बितिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०९:२८