१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन


१७ असार, काठमाडाैँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन भएको छ । प्रमुख तीन दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेका हुन ।

आइतबार गठन भएको कार्यदलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तरूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट एक/एक जना सदस्य राखिएको छ । कार्यदलमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादीबाट उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्मा रहेका छन ।

कार्यदलले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्नेछ । कार्यदलले विज्ञको समेत राय लिएर प्रस्ताव तयार पार्नेछ । कार्यदलले आजैदेखि काम सुरू गर्दैछ । विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको नेताहरूले बताएका छन् । जसमा मानव अधिकारको गम्भीर उल्लङ्घन, स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक ९आर्बिट्ररी० गरिएको हत्यारदोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषय, मानव अधिकारको उल्लङ्घनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति के गर्ने भन्ने विषय तथा घटी सजायका सम्बन्धमा आधार र कारण खुलाएर सजाय कम गर्न प्रतिशत नै तोकेर जाने भन्ने विषय रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०७:५२