१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कृष्ण दाहाल पक्राउ


१६ असार, काठमाडाैँ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कृष्णकुमार दाहाल पक्राउ परेका छन । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सातदोबाटो (११९) को जाहेरीले जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा पक्राउ गरेको हो । काठमाडाैँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ गिरीटोल स्थायी घर भएर हाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ का ५० वर्षका दाहाल शनिबार पक्राउ परेका हुन । चापागाँउबाट पक्राउ परेका दाहालको प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १९:२६