१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ


१६ असार, काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त धातुका गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १७:२९