१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

६ अर्ब ३० करोड ठगी गरेर फरार लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ


१६ असार, काठमाडाैँ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीसहित ४ जना पक्राउ गरेका छन् । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हाे ।

प्रहरीले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ ठगी गरेको आरोपमा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ, सीईओ भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधानलाई प्रक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेका ७६ वर्षिय श्रेष्ठ ३१ वर्षसम्म नेपाल बैंकको शाखा प्रबन्धक भएर भएर काम गरेका थिए । प्रहरीका अनुसार सर्वसाधारणहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ निक्षेप अपचलन गरेको आधारमा प्रक्राउ गरिएको हो ।

उनीहरूका विरूद्ध वि.सं २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो । सोही मितिदेखि अनुसन्धान सुरु भएकोमा अध्यक्ष तथा अन्य सदस्यहरू फरार थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार १४ गते काठमाडौँका विभिन्न स्थानहरूबाट चारै जनालाई पक्राउ गरेको हो । उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १४:१२