१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

देउवा बालकोट छिरेपछि माओवादीमा तरङ्ग, बिहानै प्रचण्ड ओली टेलिफोन संवाद


१६ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार सत्तारूढ पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट छिरेपछि राजनीति तरङ्गीत बनेको छ । असार १५ को दिन कांग्रेस सभापति देउवा बालकोट पुगेपछि राजनीति तरङ्गीत बनेको हो ।

योसँगै नेकपा माओवादी केन्द्र निकटका नेताहरू सशंकित बनेका छन । पछिल्लो केही साता याताका सत्तारूढ पार्टीका नेताहरूको भाषण सुन्दा राजनीतिमा फेरि केही नयाँ घटनाक्रम देखिन लागेको हो कि भन्ने संकेत देखिएका छन । शनिबार देउवा र ओलीको बीचमा भेट भएको विषयमा बाहिर आएपछि आइतबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओलीलाइ टोलिफोनमा भेटवार्ताको प्रस्ताव गरेका छन ।

केहीबेरमा फोनमै संवाद गरेका ओली र प्रचण्डले आजै भेट्ने सहमति समेत गरेका छन । ओलीसँगको फोनमा देउवासँगको भेटबारे प्रधानमन्त्री प्रचण्डले चासो राखेका थिए । प्रचण्डको चासो सम्बोधन गर्दै ओलीले देउवालाई दहिचिउराका लागि निम्तो दिएको बताएका थिए ।

यद्यपी एमालेका कतिपय नेताहरूले भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने गिरोहका बारेमा पुनः अनुसन्धान गर्न लागेको र त्यसमा देउवा पत्नी आरजु पनि पक्राउ पर्ने सम्भावना रहेको सूचना प्रहरी अधिकृतहरू मार्फत देउवा निवास पुगेकाले रविलाई सम्झाइ दिन भन्दै देउवा बालकोट पुगेको बताएका छन ।

 

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १०:५६