१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कोपा अमेरिकामा ब्राजिलको पहिलो जित, अन्तिम खेल कोलम्बियासँग खेल्ने


१५ असार, काठमाडौँ । कोपा अमेरिकामा आज बिहान भएको खेलमा पाराग्वेलाई ४-१ गोलले हराउँदै प्रतियोगितामा ब्राजिलले पहिलो जित निकालेको छ ।

पाराग्वेविरूद्ध ४-१ को जित निकाल्ने क्रममा ब्राजिलले पहिलो हाफमा ३ गोल गरेको थियो । ४३ औं मिनेटमा साभियो मोरेराले अग्रता दोब्बर पारे । पहिलो हाफको अतिरिक्त समयको पाचौं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाएका थिए।

ब्राजिल ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब समूह चरणको अन्तिम खेल ब्राजिलले कोलम्बियासँग खेल्नेछ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार ११:४२