७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

बामदेव गाैतमको अादेशमा पार्टी फुटाउन २७ करोड रूपैयाँ उठाएको केशव स्थापितको दाबी

२२ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गाैतम माथि पछिल्लो समय अनेक खालका अारोपहरू लाग्दै अाएका छन । कतिपयले पार्टीका निम्ति नभै नहुने भन्दै वामदेव गाैतमलार्इ जसरी पनि सांसद बनाउनुपर्छ भन्ने तर्क गरिरहेका छन भने त्यही अनुसारको प्रयत्न समेत गरिरहेका छन । तर केहीले भने पुराना सन्दर्भहरू कोट्याएर बामदेव गाैतमको हुर्मल लिने कोशिश गरिरहेका छन । नेकपाका कै सांसदले विगतका कुरा कोट्याएर गाैतमको बारेमा फेरि नयाँ फण्डा सिर्जना गरेका छन ।

३ नम्बर प्रदेश सरकारबाट बर्खास्तमा परेका मन्त्री केशव स्थापितले दुई दशकअघि नेकपा एमाले फुटाउन २७ करोड रुपैयाँ उठाएको दाबी गर्दै पार्टी नेता वामदेव गौतमको अादेशमा त्यसो गरेको र उक्त रकमको बिल तत्कालीन लेखा समिति सदस्य रघुवीर महासेठलाई दिने गरेको बताएका छन् । उनको यो समाचार अाजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।

नेपालगञ्ज महाधिवेशनपछि पार्टी विभाजन हुँदाको सम्झनामा स्थापितले भनेका छन्, ‘होटल शंकरमा लगेर मनमोहन अधिकारीलाई राखियो, हामीलाई भेट्न पनि दिइएन । महाकाली सन्धी विरोधीमाथि कुटपिट भएकै हो । काठमाडौं महानगरको मेयर थिएँ । वामदेव गौतम कमरेडले पार्टी फुटाउन पैसा चाहिन्छ, जोहो गर्नुहोस् भने । मैले व्यापारीसँग मागेँ । रसिद रघुवीर महासेठलाई बुझाएँ । पछि थाहा भयो, २७ करोड जम्मा भएछ ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार १४:४६