१६ असार २०८१, आईतवार | Mon Jul 1 2024

उरूग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा, अन्तिम खेल बोलिभियासँग खेल्ने


१४ असार, काठमाडौँ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई ५-० गोलले पराजित गर्दै उरूग्वेले एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको छ ।

डार्विन नुनेजले २१ औं मिनेटमा, म्याक्सिमिलियानो अरउजोले ७७ मिनेटमा, फेडरिको भालभर्डेले ८१ मिनेटमा र रोद्रिगो बेन्टानकुरले ८९ औं मिनेटमा गोल गरे । पहिलो खेलमा उरूग्वेले पानामालाई ३-१ गोलले पराजित गरेको थियो भने अमेरिकाले बोलिभियालाई २-० गोलले पराजित गरेको थियो ।

अब अन्तिम खेलमा उरूग्वेले अमेरिका र पानामाले  बोलिभियासँग खेल्नेछ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १३:०३