१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

लगातार दुई खेल जित्दै भेनेजुएला कोपा अमेरिका-२०२४ को क्वाटरफाइनलमा


१३ असार, काठमाडौं । भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिका-२०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत बिहीबार भएको खेलमा मेक्सिकोलाई १-० ले पराजित गर्दै भेनेजुएलाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

क्यालिफोर्नियाको सोफी स्टेडियममा भएको खेलमा भेनेजुएलालका लागि सालोमन रोन्डोनले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरे । लगातार दुई खेलबाट जितेर भेनेजुएला ६ अंक जोडेर समूहको क्कीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ११:३६