१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अर्थ मन्त्रालयका ५ जना सहसचिवको सरुवा, को कहाँ ?

११ जेठ, काठमाडाैँ । अर्थ मन्त्रालयका ५ जना सहसचिवहरुको आन्तरिक सरुवा भएकाे छ । अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै,नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट महाशाखा प्रमुख रितेश शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १७:५८