२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

पाल्पामा रक्तसञ्चार केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह

११ असार, काठमाडौँ । पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले रु दुई लाख २९ हजार दुई सय १९ रकम सहयोग गरेको हो ।

समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट रकम जुटाएर सहयोग गरिएको बताउनुभयो । पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिनुभयो ।

नमस्ते पाल्पा समाज कोरिया, पाल्पाली समाज अमेरिकालगायत विभिन्न सङ्घसंस्था, व्यक्तिबाट गरी हालसम्म रु ३५ लाख ४६ हजार एक सय ५८ रकम सङ्कलन भइसकेको अध्यक्ष कार्कीले बताउनुभयो । बिरामीलाई आवश्यक पर्ने रगत आफन्त विभिन्न व्यक्ति, सङ्घसंस्थासँग आग्रह माग्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार ०९:३३