४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस


१० असार, काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दरबन्दी रहेको डिआइजी पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुनुहुन्छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार ११:५२