१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

१० असार, काठमाडाैँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ। केहीबेरअघि सिंहदरबारस्थि प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस गर्ने सम्भावना रहेको बताइएकाे छ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियारले आइतबार मुद्दा दायर गरेको थियो । त्यस्तै ११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ तीन देशका राजदूत सिफारिस हुन बाँकी छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार १०:४९