११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ अष्ट्रियामा नयाँ नेतृत्व, अध्यक्षमा बाबा राजेश्वरी थापा

भियना । प्रवासी नेपाली मञ्च ( ओएनएफ) अष्ट्रीयाको अध्यक्षमा बाबा राजेश्वरी थापा सर्वसम्मत निर्वाचित भएकी छन् ।

आईतबार भियनामा सम्पन्न मञ्चको सातौ अधिवेशनले उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्ण कुमार श्रेष्ठ, आर्थिक बिभाग प्रमुख अनिता श्रेष्ठ तथा सदस्यहरुमा कृष्ण दत्त भट्ट (केडी), भावना प्रसाई तथा एलिजा श्रेष्ठ सहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले मातृभुमीका संमृद्धी र अष्ट्रिया रहेको नेपाली समुदायको हितमा क्रियाशिल रहन आग्रह गरे ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सल्लाहकार परिषद उपाध्यक्ष रामशरण सिमखडा,
नेपाली दुताबास अष्ट्रीयाका प्रथम सचिब अनिल लम्साल,  प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय  कमिटी सदस्यहरु सरस्वती केसी र कल्पना त्रिपाठी, एनआरएन आईसीसी सदस्य मनोज बिष्ट, अष्ट्रीया अध्यक्ष ध्रुव पौडेल, जनजाती महासंघ अष्ट्रीया अध्यक्ष मुक्त गुरुङ, ईनास अष्ट्रीयाका अध्यक्ष कुमार अधिकारी, समाजसेवि एवं व्यबसायी बुद्धी तामाङले  अधिवेशन सफलताको शुभकामना मन्तव्य गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि थापाले दोसल्लाह र सम्मान पत्रबाट सामाजिक अभियन्ता राम बहादुर बिश्वकर्मालाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : June 24, 2024 at 6:07 am