१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न पदम गिरीको संयोजकत्वमा समिति गठन

९ असार, काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य हुनुहुन्छ ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सहभागी हुनुहुन्थ्यो । मुख्य सचिव डा बैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरिरहनुभएको उहाँका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार ११:४५