१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

दैलेखको महाबुमा होमस्टे सञ्चालन तथा व्यवस्थापन स्तरउन्नती तालिम सुरु

७ जेठ, दैलेख । उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा सप्ताहव्यापी होमस्टे सञ्चालन तथा व्यवस्थापन स्तरउन्नती तालिम सुरु भएको छ ।

महाबु गाउँपालिका ४ काँडिसिरौलामा आयोजित तालिममा स्थानिय गुरुङ र मगर समुदायका १५ जना होमस्टेमा आवद्व स्थानीयहरु सहभागी हुनुभएको छ्याजलो सामुदायिक होमस्टेका अध्यक्ष शेरबहादुर गुरुङले बताउनुभयो ।

महिलाहरुमा उधमशिलताको विकास गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्न तालिम कार्यक्रम आयोजना गरिएकाे उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यक्रम अधिकृत परशुराम आचार्यले बताउनुभयो ।

तालिममा पाहुनाको स्वागत, बिदाई,अतिथी सत्कार, पर्यटन उधोग, सरसफाई, रैथाने परिकार निर्माण, गाइडिङ सीप, सांस्कृतिक कार्यक्रम, बजारीकरण, उधमशिलता लगायतका विषयमा पर्यटनविद् भुमराज तिवारीले सहजीकरण गर्नुहुनेछ ।

दैलेखमा आन्तरिक पर्यटनको सम्भावना भएर तालिम कार्यक्रम सञ्चालन गरेको महाबु गाउँपालिका ४ का अध्यक्ष रामबहादुर शाहीले बताउनुभयो । दैलेख सदरमुकामबाट महाबु डेढ घण्टामा पुग्न सकिन्छ । होमस्टेको प्रचारप्रसारले स्थानीयहरुमा गाउँप्रतिको माया बढ्नुका साथै जीवनशैली परिवर्तन हुँदै गइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १८:५४