१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

रास्वपा केन्द्रीय समितिको बैठक जारी

७ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको हो । बैठकमा संसद्, सरकारको कामकारबाही, पार्टी स्थापना दिवस र विविध विषयमा छलफल भइरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपा गठन भएको आज दुई वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी कार्यालयमा चियापानकाे आयोजना गरेको छ । चियापानमा राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १३:०७