११ आश्विन २०८१, शुक्रबार | Sat Sep 28 2024

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

४ असार, काठमाडौँ । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । मंगलबार बैंकले  एफपीओ निष्कासनको लागि सिटिजन्स क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएकाे छ ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १७:२५