१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना


३ असार, काठमाडाैँ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना ल्याएको छ । बालाजु अटो वर्कसले सोमबार प्रेस विज्ञप्ति मार्फत यही असार ९ देखि २१ गतेसम्मका लागि यो योजना लागू हुने जनाएको छ । बालाजु अटो वर्कसले यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा भने लागू नहुने जनाएको छ ।

महिन्द्राले यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा एक हजार रूपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्ने जनाएको छ । बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले ग्राहकहरूको सुविधाको लागि महिन्द्राले यस्ता योजनाहरू ल्याइरहने जानकारी दिँदै लाभ लिन ग्राहकहरूमा अनुरोध गरेका छन । उनले भने, ‘हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।’

हाल यो योजना बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू हुने जनाइएको छ । साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै योजना अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्विसिंग, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंग, लगायत अन्य सुबिधा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । योजनाका बारेमा थप जानकारीका टोल फ्री नंः १६६००–१००–२०० ( नेपाल टेलिकम ), ९८०१५७१२१२ ( एनसेल )मा सम्पर्क गर्न सकिने बालाजु अटो वर्कसले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १८:४१