१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

६ किलो सुन र ४८ लाख रूपैयाँसहित चिनिया नागरिक पक्राउ


३ असार, काठमाडौँ । ६ किलो सुन र ४८ लाख रूपैयाँसहित चिनिया नागरिक सोनाम गुरूङ पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असार २ गते बौद्धको तिनचुली चारघरेबाट गुरूङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्त होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका उनले आफ्नो नाम शेरब ग्याल्मो रहेको बताए पनि उनको साथमा भेटिएको नागरिकतामा सोनाम गुरूङ उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले साउन २ गते बरामद भएको ६० केजी सुन प्रकरणको थप अनुसन्धानको क्रममा अबैध सुन र नगदसहित सोनाम पक्राउ परेका हुन । ३७ वर्षमा उनी काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६मा डेरामा बस्दै आएका थिए । प्रहरीले उनी माथि अवैध सुन भन्सार चोरी पैठारी गरेको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

ब्यूरोले यसअघि अनुसन्धान गरेर ब्रेक सुमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । सिनामङ्गलबाट बरामद भएको ६० केजी सुन तस्करी र त्यससँग जोडिएका अरू घटनाको अनुसन्धान सकेर ब्यूरोले यस्तो निर्णय गरेको हो । मुद्दा चलाउन सिफारिस गरिएकामा २७ जना नेपाली र २३ जना विदेशी नागरिक रहेका छन ।

प्रहरीले अनुसन्धानका क्रममा २३ नेपाली र नौ विदेशी गरी ३२ जना पक्राउ परेका थिए। सोही सुन तस्करीमा संलग्न १४ जना विदेशी र चार नेपाली नागरिकविरुद्ध इन्टरपोलमार्फत पक्राउका लागि सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १७:१७