१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

छ किलो सुन र ४८ लाख नगद सहित एक चिनियाँ नागरिक पक्राउ


३ असार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआबी० ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १२:४१