६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

पाँच मिनेटको बीचमा दुई पटक भूकम्पको धक्का


१ असार, काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर पाँच मिनेटको बीचमा दुई पटक भूकम्पको धक्का महशुष भएको छ । गएराति बझाङको सुर्म केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुष भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राति ११ बजेर २५ मिनेटमा ३।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने लगत्तै ११ बजेर ३० मिनेटमा ३।६ म्याग्निच्यूडको भूकम्प गएको छ । पछिल्लो समय बझाङ केन्द्रविन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ०६:३४