७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

एमालेले बोलायो संसदीय दलको बैठक


३२ जेठ, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बजेटमाथि छलफल चलिरहेका बेला सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार २०:३६