७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुख कुशवाहाको हत्या


१२ जेठ, काठमाडाैँ । बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या भएकाे छ । जिल्लाकाे आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या भएको हाे ।

गोली प्रहारबाट कलैयाको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको हो । कुशवाहा आदर्श कोतवाल–२ खजुरिया टोलका बासिन्दा थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार २०:१९