६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

‘मेड इन नेपाल’ हुन्डाई भेन्यूको बिक्री वितरण सुरु


३२ जेठ, काठमाडौँ । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि। ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र नै थप अरू भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको जनाएको छ । हाल विक्री सुरु गरिएको भेन्यू एफएल १।२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, भेन्यू एफएल १।२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० एनआईओस का साथै हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १८:५९