९ असार २०८१, आईतवार | Sun Jun 23 2024

अबैध गोदाममा सशस्त्र प्रहरीको छापा ४४ लाख बढीको भन्सार छलीका सामान बरामद


३० जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगञ्ज महानगरपालिका–१९ बर्वा लागयत बिरगंजको विभन्न ठाउँबाट मंगलबार राती अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले विरगंज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितीमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सौदर्य क्रिम, मुङ दाल, मोटर पार्टस तथा अन्य अवैध सामान बरामद गरेको हो ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ । यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।

यसैगरी मंगलबार राती नै सोही गुल्मले वीरगञ्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस् र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ । यसैबिच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अबैध सामान बरामद गरि आबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १२:५९