९ असार २०८१, आईतवार | Sun Jun 23 2024

मोटरसाइकल चोर्ने रसुवाका सागर तामाङ पक्राउ


३० जेठ, काठमाडाैँ । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका-३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं गोंगबुबाट ग.२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १०:११