२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता

२७ जेठ, काठमाडाैँ । कुमारी बैंक लिमिटेड र यूएसएआईडीबीच सम्झौता भएको छ । लघु, साना तथा मझौला उद्योग–व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएआईडीसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।​​​

सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेडले बैंकलाई नेपालभरका एमएसएमईएस माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एमएसएमईएसलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्नेछ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्स्टेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १४:२५