१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन विराटनगर पुगे गृहमन्त्री


२७ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर आइपुगेको छ । गृहमन्त्री कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन यहाँ आएको हो ।

सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी भएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उनले जानकारी गराउने बताइएको छ ।

बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत सहभागी हुने प्रजिअ भट्टराईले बताए ।

यसअघि, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछनेले सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १४:०६