१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्राइम बैंककाे संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


२७ जेठ, काठमाडाैँ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएकाे छ ।

गोप्य शिलबन्दी आवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १०:२८