२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

मृतकका परिवारलाई क्षतिपूर्ति सहयोग प्रदान गर्न सहमति

२४ जेठ, काठमाडाैँ । तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार पानी ट्याङ्करद्वारा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई रु २५ लाख सहयोग  प्रदान गर्न सहमति भएको छ ।

व्यास –१२ कमलाबारी निवासी २९ वर्षीय प्रवीण कैनीको परिवारलाई रु २५ लाख राहत दिने सहमति भएको हो । कैनी व्यास नगरपालिकामा इञ्जिनियर पदमा कार्यरत थियाे । घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन–पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको सो ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिनदेखि पीडित परिवार आन्दोलित थिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एकजनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहीबार १६:०१