२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

हुरीले पोल ढाल्दा वीरगञ्जमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द

२४ जेठ, काठमाडाैँ । बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहीबार १०:१२