१० वर्षपछि नेपालले टी–२० विश्वकप खेल्दै, पहिलो खेल आज नेदरल्यान्ड्ससँग खेल्ने
२२ जेठ, काठमाडाैँ । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेल नेपालले आज खेल्दै छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल अमेरिकाको डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : June 4, 2024 at 9:54 am









