१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ


२० जेठ, काठमाडाैँ ।  लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएको छ । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएको हो ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेको हो । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे । खनालसँग यसअघि चक्रपानी खनाल सङ्घको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छभने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

सल्लाहकारमा आचार्य, अर्थविज्ञमा बैद्धिक  

यस्तै प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उनले राज्यमन्त्री सरहको सेवासुविधा पाउनेछ । आचार्यले आज पदभार ग्रहण गरेको छ ।

अर्थ तथा विकासविज्ञमा तुलसीपुरका सुशान्त बैद्धिक नियुक्त भएको छ । उनले यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थविज्ञका रुपमा कार्यरत गरेकाे थियाे । वैदिकले लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर भएको छ । उनिसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १६:३२