१ करोड १ लाख नगदसहित अन्सारी पक्राउ
२० जेठ, काठमाडाैँ । सशस्त्र प्रहरीले गएराति सुनसरीबाट हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको हरिनगर गाँउपालिका-५, दुर्गामन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारबाट उक्त शंकास्पद नगद बरामद गरेको हो।
शंका लागेर चेकजाँच गर्दा कारभित्र बोरामा लुकाईछिपाई राखेको अवस्थामा हजार दरका नोट ९ हजार ७ सयवटा, (७ लाख) र ५ सय दरका ८ सयवटा (४ लाख) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले रकमसँगै कार चालक सुनसरी हरिनगर गाँउपालिका-५ बस्ने ३७ वर्षीय इसा अन्सारीलाई समेत नियन्त्रणमा लिएको छ।
अन्सारीले प्रारम्भिक सोधपुछमा सो रकमको स्रोत खुलाउन नसकेकाले नगदसहित कार र उनलाई अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार ०९:११