११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अष्ट्रेलियामा स्वर्गवासी राजा रानीको संझना

एडिलेड । प्रवासी नेपाली एकता समाज (पानस) साउथ अष्ट्रेलियाको आयोजनामा स्वर्गवासी राजा वीरेन्द्र तथा उनको परिवारको स्मृतिमा दिप प्रज्जवलन गरिएको छ । 

स्थानिय अकल्याण्ड पार्कमा आयोजित कार्यक्रममा पानस अष्ट्रेलियाका सल्लाहकार दिपक बिष्टले स्वर्गिय राजा वीरेन्द्र उनको उनको योगदान वारे चर्चा गरेका थिए ।

कार्यक्रमको संचालन गर्दै पानस साउथ अष्ट्रेलियाका अध्यक्ष केदार श्रेष्ठले स्वर्गिय राजाले नेपाल र नेपाली प्रति गरेको योगदानलाई स्मरण गर्न र उहा प्रति सम्मान व्यक्त गर्नका लागि समेत कार्यक्रम आयोजना गरिएको बताए ।

तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २३ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो। 

लोकतान्त्रिक राजाका रुपमा नेपालीहरु विच स्थापित स्वर्गिय राजा वीरेन्द्र र उनको परिवारको स्मृतिमा हरेक बर्ष जेठ १९ लाई नेपाल तथा नेपाल बाहिर विविध कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ । 

प्रकाशित मिति : June 2, 2024 at 9:05 am