९ असार २०८१, आईतवार | Sun Jun 23 2024

साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?


२० जेठ, काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्थापकहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

एनआईसी एशिया क्यापिटल सेयरको बिक्री प्रबन्धकमा रूपमा रहेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिन सक्नेसछन् ।

लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू विर्तामोड, इटहरी, बर्दिवास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार ०८:११