१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा जारी


१९ जेठ, काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि बैठकमा छलफल भइरहेको  छ ।

पूर्व अर्थमन्त्री युवराज खतिवडा, पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेल र पार्टी महासचिव शंकर पोखरेलले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिँदैछन् । उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार १३:२४