१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटै अभियोगमा दोषी ठहर

१८ जेठ, काठमाडाैँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई न्युयोर्कस्थित त्यहाँकाे अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ।

म्यानहटनस्थित अदालतमा साढे ९ घण्टा चलेको बहसपछि इजलासले उनलाई फर्जी कारोबारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

यस्तो अपराधमा दोषी ठहर हुनेमा ट्रम्प अमेरिकी इतिहासमा पहिलो पूर्वराष्ट्रपति हुन्। उनी फेरि पनि राष्ट्रपतिका लागि चुनावी दौडमा थिए।

उनलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ। तर ट्रम्पले भने आफूमाथि अपमान र धाँधली भएको आरोप लगाएका छन्। ट्रम्पविरुद्धका यी मुद्दा गत अप्रिल १५ देखि चलिरहेका थिए।

प्रकाशित मिति : May 31, 2024 at 9:24 am