१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल


१७ जेठ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन । बुधबार शिक्षामन्त्री सुमना श्रेष्ठले बोर्डको सदस्य सचिवमा नुवाकोट स्थायी घर भएका अर्याललाई सदस्य सचिवमा नियुक्त गरेकी हुन । अर्याल नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत हुन । अर्यालले नियुक्ति पश्चात बुधबार नै पदभार ग्रहण गरिसकेका छन । अर्याल निकै स्वच्छ छवीका कर्मचारी मानिन्छन ।

शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसंगै उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्ड गठन भएको थियो । कक्षा १० (एस.इ.इ) को परीक्षा एवं कक्षा ११ र १२ (एस एल सी ई)को परीक्षा सम्बन्धी कार्यहरुलाई राष्ट्रिय परीक्षा बोर्डले व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार ०६:३९