७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

सफलतापूर्वक सम्पन्न भयो पहिलो रोनिन कल्ट राइड


१५ जेठ, काठमाडाैँ । टिभिएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना सम्मानित ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राइडरहरूसहित काठमाडौंदेखि कुलेखानीसम्मको यात्रा, “फर्स्ट रोनिन कल्ट राइड” सफलतापूर्वक आयोजना गरेको छ ।

२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरा देखि काठमाडौँसम्मको यात्रा गरेर सहभागीहरूको साहसिक जोशको प्रतीक बने । उनि भन्छन, “यो केवल सवारी मात्र नभई एक साहसिक यात्रा थियो। टिभीएस रोनिनले हरेक मोडमा आफ्नो क्षमता प्रमाणित गर्दै अफ–रोड भूभागहरूमा पनि ह्यान्डल गर्न सहज थियो ।”

जेठ १२ गते आयोजित, ’रोनिन कल्ट राइड’ आधुनिक रेट्रो मोटरसाइकल उत्साहीहरूका बीच साहसिक र सौहार्दताको भावनाका साथ उत्कृष्ट सफलता हासिल गर्यो। २३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको उक्त यात्रा काठमाडौँदेखि कुलेखानीसम्म केहि चुनौतीपूर्ण भूभाग समेटिएको थियो।

अफ–रोड र भारी वर्षाका कारण यात्राको समयमा चुनौती अझै थप भए तापनि राइडरहरूले अटल उत्साह र ऊर्जाका साथ यात्रा पुरा गरेका थिए। मौसमका कारण कुलेखानीको तालमा डुङ्गा चढ्ने र माछा मार्ने योजना रद्द गर्नुपर्ने भए पनि सहभागीहरूको दृढता र मनोबलले यात्रामा उत्साह थपेको थियो ।

यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ। यात्रामा राइडरहरूले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए ।

यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ। यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यस टिभिएस रोनिनलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी भनाउँछ ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पूणर्स्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ ।

जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार २०:२२