औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गरिने
१६ जेठ, काठमाडाैँ । सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्ने कार्यलाई अघि बढाउने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा औषधी प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गरिने र त्यसका लागि कानूनी व्यवस्था मिलाउने समेत उल्लेख गरेका छन् ।
गाँजाको व्यवसायिक खेतीका राजनीतिक दलका नेता तथा सांसदहरुले लामो समय देखि लविङ गर्दै आएका थिए । कतिपयले भने यसको दुरुपयोग बढ्ने भन्दै विरोध गर्दै आएका थिए । यस पटकको बजेटमै यो विषय आएपछि सरोकारवाला पक्ष उत्साहित देखिएका छन् । अर्थमन्त्रीले यो घोषणा गर्दा सांसदहरूले टेबुल ठोकेका थिए ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५४