२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

महिला ट्राफिक प्रहरीहरुले महिनावारीको समयमा सडकमा उभिनु नपर्ने

१५ जेठ, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नगर्ने घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत गृहमन्त्री रवि लामिछानेले गणतन्त्रको शुभकामना दिँदै अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन भन्ने घोषणा गरेका छन ।

dainiki.com

गृहमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार ११:४२